सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २१, काठमाडौं – काठमाडौंमा दिउँसै ३२ लाख रुपैयाँ लुट्ने लुटेराको समूहका केही मान्छेलाई प्रहरीले पक्राउ गरेको छ । गएको शुक्रबार म्हेपीबाट ३२ लाख रुपैयाँ लुट्ने समूहका ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । लुटेराको साथबाट प्रहरीले दुई लाख रुपैयाँ बरामद गरेको छ ।
लुटेराले शुक्रबार दिउँसो महाराजगन्जस्थित एनएमवी बैंकबाट ३२ लाख रुपैयाँ निकालेका कुमार विश्वकर्मा र रोशन वोगटीको पैसा लुटेका थिए । पक्राउ पर्नेमा तारा बोहोरा, सरोज श्रेष्ठ, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापा छन् । अन्य चार जना भने फरार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविालाल जोशीले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा