सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २१, काठमाडौं – काठमाडौंमा दिउँसै ३२ लाख रुपैयाँ लुट्ने लुटेराको समूहका केही मान्छेलाई प्रहरीले पक्राउ गरेको छ । गएको शुक्रबार म्हेपीबाट ३२ लाख रुपैयाँ लुट्ने समूहका ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । लुटेराको साथबाट प्रहरीले दुई लाख रुपैयाँ बरामद गरेको छ ।
लुटेराले शुक्रबार दिउँसो महाराजगन्जस्थित एनएमवी बैंकबाट ३२ लाख रुपैयाँ निकालेका कुमार विश्वकर्मा र रोशन वोगटीको पैसा लुटेका थिए । पक्राउ पर्नेमा तारा बोहोरा, सरोज श्रेष्ठ, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापा छन् । अन्य चार जना भने फरार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविालाल जोशीले जानकारी दिनुभयो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा