सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२१ जेठ, काठमाडौं । १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई हस्तान्तरण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र (सीजीजीसी) प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बुढीगण्डकी आयोजना देशका लागि महत्वपूर्ण रहेको बताउँदै तोकएको समयभित्रै गुणस्तरीय ढंगले आयोजना निर्माण हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपालस्थित चिनीयाँ राजदूत यु होङ, उर्जा मन्त्रालयका सचिव लगायतका प्रतिनिधिहको सहभागिता थियो । यही जेठ ९ गतेको मन्त्री परिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा