सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २१ – काठमाडौ, नेकपा एमालेले चितवनस्थित भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेको छ । १९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आज रिट दर्ता गराएका हुन् ।
रिटमाथि सोमबारलाई पेशी तोकिएको छ भने निर्वाचन आयोगको निर्णय गैरकानुनी, स्थापित मूल्य मान्यता विपरित, पूर्वाग्रहपूर्ण, नियोजित र सत्तापक्षको योजनामा आधारमा तयार पारिएको दाबी गरिएको छ ।
गत जेठ १४ गते राती मतगणनका क्रममा मतपत्र च्याताच्यात भएपछि आयोगले शनिबार भरतपुर बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको थियो । एमाले सर्वोच्च पुगेसँगै भरतपुर प्रकरण थप नयाँ मोडमा पुगेको छ ।
विक र पाण्डेको रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरिएको छ । त्यस्तै च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना गर्न गराउन उत्प्रेषणयुक्त परमादेशको माग गरिएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा