सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लण्डन ब्रिजमा एउटा गाडीलाई पैदलयात्री भएका ठाउँमा जोताइएपछि तथा नजिकैको बरो मार्केट क्षेत्रमा छुरा प्रहारका घटना भएपछि मारिनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ।
साथै तीन जना संदिग्ध पुरुष हमलाकारीलाई गोली हानी मारिएको बताइएको छ।
२० जना घाइतेलाई अस्पताल लगिएको बताइएको छ।
यसअघि ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले लण्डनमा भएका घटनालाई सम्भावित आतंकवादी घटना भनेकी छन्।
“यो घटनाक्रम तीव्ररुपमा छानबिन हुँदैछ। म घटनास्थलमा पुगेका प्रहरी तथा आपतकालीन सेवा प्रदायकप्रति आभार व्यक्त गर्न चाहन्छु। यी भयानक घटनामा परेकाहरुको कुशलताका निम्ति हामी प्रार्थना गर्छौं।”
लण्डन ब्रिज, बरो मार्केट तथा भक्सल क्षेत्रमा भएका घटनापछि एक विज्ञप्ती जारी गर्दै ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले ती घटनालाई सम्भावित आतंकवादी घटना मान्दै छानविन भइरहेको बताएकी छन्।
मेट्रोपोलिटन प्रहरीले लण्डन ब्रिज तथा बरो मार्केट क्षेत्रको घटनालाई आतंकवादी भनेको छ।
तर उसले भक्सलको घटना लण्डन ब्रिज तथा बरो मार्केट घटनासंग नजोडिएको जनाएको छ। विविसी
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा