सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २० , काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मुलुकको ४० औँ प्रधानमन्त्री बन्ने निश्चित प्रायः भएको छ । उनीयसअघि तीन पटक प्रधानमन्त्री भइसकेका छन् । व्यवस्थापिका संसद्मा पहिलो ठूलो दल नेपाली काँग्रेसले सदनमा तेस्रो ठूलो दल नेकपा ९माओवादी केन्द्र० लगायत साना दलको साथ र सहयोगमा प्रधामन्त्री पदको नेतृत्व गर्ने भएको छ । यसअघि गत साउन १९ गते काँग्रेस लगायत दलको साथ र सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा संयुक्त सहित अन्य साना दलका ३१० सांसदको समर्थनमा सभापति देउवाले आज प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
संसद् सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । सभापति देउवाको प्रस्तावकमा हस्ताक्षरपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले सहज सत्ता हस्तान्तरणको प्रक्रिया राजीनामाबाटै सुरु गरेको बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा