सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२० जेठ । , काठमाडौँ – ऊर्जामन्त्री जनार्दन शर्माले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल ललितपुर शाखाले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले गरेका कामको जनतासम्म सही सूचना पुग्न नसक्दा स्थानीय तहको पहिलो चरणको निर्वाचनमा माओवादीको सोचेअनुसारको नतिजा आउन नसकेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले गरेको काम राम्ररी प्रचार हुन नसकेकाले चुनावमा चामल नबिकेर पिठो मात्रै विकेको भनेर भनिसक्नुभएको छ । त्यसैले अबका दिनमा पार्टी र सरकारले गरेका सही कामको सूचना प्रवाहमा बढी मेहनत गर्नुपर्ने देखिएको छ ।”जनताका पक्षमा सही काम गरेर देखाए पनि सूचना प्रवाह प्रभावकारी तवरले हुन नसक्दा पार्टीका पक्षमा जनलहर आउन नसकेको उहाँको कथन छ ।
पार्टीले जनताका पक्षमा जायज र सार्थक काम गरेको उल्लेख गर्दै उहाँले विद्युत्भार कटौतीको अन्त्य, उज्यालो नेपाल अभियान, राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति, २५ वर्षपछिको उच्च आर्थिक वृद्धि सफलताका उदाहरण रहेको बताउनुभयो ।
ऊर्जामन्त्री शर्माले आगामी दिनमा प्रचारप्रसारको कामलाई पनि व्यवस्थित तवरले अगाडि बढाउनुपर्नेमा जोड दिनुहुँदै प्रेस स्वतन्त्रतालाई स्थापित गर्न सबै सरोकार भएका निकाय क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा