सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२० जेठ, काठमाण्डु। चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्णयविरुद्ध एमालेको युवा संघ नेपालले आन्दोलन सुरु गरेको छ। त्यसको विरोधमा एमाले निकट युवा संघ र अनेरास्ववियूले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको पुतलाका साथै निर्णयको प्रतिलिपि जलाएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि विवादित बनेको भरतपुर महानगरपालिका वडा १९ मा पुन मतदान गर्ने आयोगको निर्णयविरुद्ध युवा संघ आन्दोलित भएको हो।
आयोगको शनिबार दिउँसोको निर्णयलगत्रै माइतीघरमा भेला भएका उनीहरुले पुतला जलाएका हुन् । एमाले अध्यक्ष वलीले भरतपुरमा पुन मतदानको निर्णय गरिनु आपत्तिजनक भएको प्रतिक्रिया दिइसकेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा