सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२० जेठ । काठमाडौँ, स्वास्थ्यमन्त्री गगन थापाले मानसिक स्वास्थ्य नीति छिट्टै आउने बताएका छन् । कान्ति बाल अस्पताल परिसरमा निर्माण हुन लागेको बाल मानसिक स्वास्थ्य भवनको आज शिलान्यास गर्दै उनले भने , ‘‘यो नीतिले मानसिक रोगको उपचारमा मार्ग निर्देश गर्नेछ ।”
मन्त्री थापाले बालबालिकामा देखिने मानिसक समस्याबारे अभिभावकले समयमै सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिदैं मानसिक रोग लुकाएर राख्दा त्यसले भविष्यमा गम्भिर समस्या निम्त्याउन सक्छ, त्यसैलाई दृष्टिगत गरेर सरकारले कान्ति बाल अस्पतालमा यसको छुट्टै उपचार गर्ने विभाग सुरु गर्न लागिएको हो भने ।
मन्त्रालयलका प्रमुख विशेषज्ञ डा .किरण रेग्मीले बालबालिकाको स्वास्थ्य सवेदनशील विषय भएकाले कुनै मानसिक समस्या देखिए लुकाउनु भन्दा समयमै उपचारमा लाग्नपर्छ भन्ने चेतनाको विकास गर्नुपर्नेमा जोड दिए ।
कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझीले स्वास्थ्य सेवाको सहज, सुपथ र गुणस्तरीय उपचारका लागि अस्पतालले विभिन्न नयाँ योजना अगाडि बढाइएको बताउँदै दुई वर्षभित्र सम्पन्न भइसक्ने लक्ष्य लिइएको सो भवन बनेपछि बाल मानसिक स्वास्थ्यमा ठूलो प्रगति हुने विश्वास व्यक्त गरे ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा