सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । संसद् सचिवालयले शनिबार प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्ने समय सार्वजनिक गरेपछि एमालेसहितको विपक्षी गठबन्धनबाट गौतमलाई उम्मेदवार बनाउने तयारी भएको हो । राजधानी दैनिकमा खबर छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको विपक्षी गठबन्धनको बैठकमा गौतमलाई प्रधानमन्त्रीमा उम्मेदवारी दिन लगाउने विषयमा छलफल भएको थियो । बैठकमा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिकै आधारमा मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । एमालेसहितको विपक्षी दलहरूको बैठकमा मिलेर अगाडि बढ्ने सहमति भएको संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।
प्रधानमन्त्रीको निर्वाचनसहित पछिल्लो राजनीतिक घटना क्रमको विषयमा बैठकमा छलफल भएको ढकालले बताए । ‘एमालेसहितको विपक्षी गठबन्धनको बैठकमा सँगै रहने र सहमतिकै आधारमा मिलेर अगाडि बढने सहमति भएको छ,’ ढकालले राजधानीसँग भने, ‘हामी मिलेर अगाडि बढ्नेमा सहमत छौं ।’सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएपछि एमालेले गौतमलाई उम्मेदवार बनाउने निष्कर्षमा पुगेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा