सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, १९ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशको सार्वभौमिकता र अखन्डता रक्षाका लागि सेनाले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
पोखराको फूलबारी ब्यारेकमा शुक्रबार पश्चिमाञ्चलका भूपू सैनिकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपाली सेना विखन्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् ।
मुलुकमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गराउन सेनाको ठूलो भूमिका रहेको भन्दै प्रधानसेनापति क्षत्रीले दोस्रो चरणको निर्वाचनमा पनि सेनाको उत्तिकै महत्व रहने उल्लेख गरे । उनले सेना सधैं संविधानले निर्दिष्ट गरेका मूल्य–मान्यतालाई आत्मसात् गरेर अगाडि बढिरहेको बताए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा