सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १९ ,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र माओवादीलाई हिलोमा पछार्दै मदन भण्डारीको जन्मदिन मनाउनुपर्ने बताएका छन् ।
उनले उनले काठमाडौँमा निर्वाचित प्रतिनिधिहरुलाई बधाई समारोहमा दोस्रो चरणको निर्वाचनको सन्दर्भमा बोल्दै ज्योतिषिले असार १४ मा धेरै पानी पर्ने भएकाले सरकारले चुनावको घोषण गरेको भन्दै त्यहि हिलोमा प्रतिस्पर्धीहरुलाई पछार्नुपर्ने बताएका हुन् ।
ओलीले सरकारले ज्यातिषिका अनुसार पानी परेपछि धाधली गर्न पाइने भएकाले सरकारले रमजानको बहाना बनाएर चुनावको मिति सारेको आरोप लगाएका छन् । उनले आफूलाई उखाने बुढा भन्ने संज्ञा दिएपनि एमालेको निति गलत भन्न कसैको हिम्मत नभएको दाबी गरे ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा