सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १९, ताप्लेजुङ – दोश्रो चरणको स्थानीय चुनावका लागि ताप्लेजुङमा नेपाली कांग्रेस र माओवादी केन्द्र बिच तालमेल भएको छ । ताप्लेजुङको एक मात्र फुङ्लिङ नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले तालमेल गरेको जनाएका छन् । नेपाली कंग्रेसलाई मेयर र माओवादी केन्द्रलाई उपमेयर पदमा उठाउने सहमतिसहित दुई दल बिच चुनावी तालमेल भएको संयुक्त पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
फुङ्लिङ नगरपालिकामा नेपाली कंग्रेसबाट मेयरमा केशव प्रसाद दाहाल र उपमेयरमा माओवादी केन्द्रबाट बमबहादुर भट्टराई (तारा) ले उम्मेद्वारी दिने टुंगो लागेको छ । मेयर र उपमेयर बाहेक अन्य पद तथा वडा र गाउँपालिकाको विषयमा पनि दुई दलबिच छलफल भइरहेको नेपाली कांग्रेसका सचिव छबिरमण गुरुङले पत्रकार सम्मलेलनमा जानकारी गराउनुभयो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा