सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १९, इलाम । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका-१ मा एउटै पदका लागि सासूबुहारीको उम्मेदवार बनेका छन् ।
यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा एमालेका तर्फबाट सासू दिलमाया विक र नेकपा माओवादी केन्द्रबाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । दुबैले जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।
अहिले बुहारी चुनाव प्रचारपसारमा हिँडिरहेकी छिन् । ‘एउटै घरमा तीन/चारवटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौँ,’ सीताले भनिन् । एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि हामीबीच कुनै घरायसी समस्या नभएको दिलमायाले बताइन । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा