सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १९ ,काठमाडौं- संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको निर्वाचन आगामी जेठ २१ गते हुने भएको छ। संसद सचिवालयले नयाँ प्रधानमन्त्री छनौटका लागि जेठ २१ गते ११ बजे निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
व्यवस्थापिका संसद नियमावली, २०७३ को नियम ४९ को उपदफा (२) बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति र समय तोकिएको हो।
कार्यतालिका अनुसार जेठ २० गते शनिबार बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने उम्मेदवारीको सूची प्रकाशन पनि सोही दिन साँझ साढे चार बजे हुने जनाइएको छ।
आइतबार उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामा माथि सामूहिकरुपमा छलफल हुने र एकसाथ निर्णायार्थ प्रस्तुत गरिने कार्यतालिकामा उल्लेख छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा