सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १९, काठमाडौं । विपक्षी गठबन्धनको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि सहभागी भएका छन् । प्रधानमन्त्री निर्वाचनबारे छलफल गर्न एमाले संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनको बैठक चलिरहेका बेला राप्रपा अध्यक्ष कमल थापा पनि पुगेको हुन् । ओली र थापाबीच वान टु वान वार्ता समेत भएको थियो।
ओलीसँगको भेट पछि एमालेले संसद अवरुद्ध गर्नु जायज नभएको बताएका हुन् । ओलीसँगको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले भरतपुर प्रकरणलाई जोडेर एमालेले संसद अवरुद्ध गर्न नहुने बताए । भरतपुर प्रकरण र प्रधानमन्त्रीको निर्वाचन फरकफरक विषय भएकाले ति विषयलाई एकै ठाउमा राखेर बुझ्न नहुने उनको भनाइ थियो । भरतपुरको विवाद टुङग्याउने जिम्मेवारी निर्वाचन आयोगको भएकाले त्यसको निर्णय उसैले गर्नुपर्ने पनि बताए । साथै भरतपुरको मतगणना तत्कालै सुरु हुनुपर्ने समेत बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा