• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी

      मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

      धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

      भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

      गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

      कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको वडामा एमाले विजयी

      प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी विजयी

      त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

      ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

      काठमाडौँको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका नापित विजयी

      महिनाको पहिलो दिन नेप्सेमा पहिरो

      रेनुको अग्रता झन बढ्यो

      हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

      काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

      काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस

    होमपेज / आर्थिक

    आगामी साउन १ गतेबाट नयाँ सरकारी कर्मचारीलार्इ पेन्सन प्रणाली लागू

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ १८, बिहिबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं, जेठ १८ । अर्थतन्त्रको ठूलो हिस्सा कर्मचारीको पेन्सनमा खर्च हुने भएकाले सरकारले नयाँ सरकारी कर्मचारीका लागि उनीहरुकै योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने तयारी गरेको छ । आगामी साउन १ गतेपछि नियुक्त हुने नयाँ कर्मचारीको लागि सरकारले नयाँ पेन्सन प्रणाली लागू गर्न लागेको हो । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीका अनुसार पेन्सन सम्बन्धी नयाँ व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०७४/०७५ देखि नियुक्त हुने निजामती कर्मचारी, शिक्षक, सेना प्रहरी लगायतले सेवा शुरु गरेको न्यूनतम १५ वर्षपछि सेवावाट अवकाश हुँदा एकमुष्ट पेन्सन रकम बुझ्नेछन् । तर साउन १ अघि नियुक्त हुने कर्मचारीले भने विद्यमान निजामती सेवा ऐन अनुसार नै सेवासुविधा लिन पाउने मन्त्रालयले जनाएको छ।

    अर्थसचिव सुवेदीका अनुसार हाल मस्यौदाको रुपमा कानून मन्त्रालयमा अध्ययनको क्रममा रहेको नयाँ प्रणाली अन्तर्गत कर्मचारीले आफ्नो मासिक तलबबाट योगदान गर्ने केही प्रतिशत रकममा नेपाल सरकारले कर्मचारीको योगदान बराबरको रकम थपेर पेन्सन कोष खडा गरिने छ । ‘अहिले जसरी सञ्चय कोष, नागरिक लगानी कोष छ, त्यस्तै पेन्सन कोष हुन्छ। पेन्सन कोष सञ्चालन गर्ने छुट्टै संस्थापनि हुनसक्छ’ सुवेदीले भने । पेन्सनको लागि काटिएको रकम त्यो कोषमा जम्मा हुन्छ र त्यही कोषबाट पेन्सन पाउने व्यवस्था हुन्छ । सरकारको अहिलेको पेन्सन दायित्व क्रमशः घटाउँदै जाने उद्देश्यले यो प्रणाली लागू गर्न लागिएको हो ।

    बर्सेनि हुने कर्मचारीको तलब वृद्धि, निवृत्त हुने कर्मचारीको संख्या वृद्धि लगायतका कारण सरकारले पेन्सन व्यवस्थापनबारे विभिन्न विकल्पमा काम गर्दै आएको बताइएको छ । आर्थिक वर्ष २०६२/०६३ मा पनि तत्कालीन सरकारले अध्यादेशमार्फत यस्तो प्रणाली कार्यान्वयन गर्न खोज्दा विफल भएको थियो । तर संघीय संरचनाका कारण तीनवटै तहमा ठूलो संख्यामा कर्मचारी आवश्यक पर्ने कुरालाई समेत दृष्टिगत गरी नयाँ पेन्सन प्रणाली लागू गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बताए

    सापकोटाका अनुसार संविधानको नयाँ प्रावधान अनुसार गाँउठाँउमै सेवा प्रवाह गर्नका लागि कर्मचारीको व्यवस्थापन गर्दाखेरी कर्मचारी बढ्न जाने देखिन्छ । बढ्न जाने कर्मचारीका लागि खर्च, पेन्सन निश्चित रुपमा बढ्छ । त्यसकारण यही कुरालाई ध्यानमा राख्दा नयाँ प्रणालीमा जानुपर्ने आवश्यकता महसुस भएको हो ।

    नयाँ पेन्सन प्रणाली अन्तर्गत कर्मचारीले योगदान गर्नुपर्ने रकम, सहुलियत ऋणको व्यवस्था, पेन्सन कोषको परिचालन र व्यवस्थापन लगायतका विषय समेटिने विस्तृत कार्यविधि पनि निर्माण गर्ने क्रममा रहेको अधिकारीले बताएका छन् । कोषमा जम्मा हुने रकमलाई विभिन्न परियोजनाहरुमा लगानी गरेर सरकारले आम्दानी समेत गर्न सक्ने बताइएको छ । चालू आर्थिक वर्षमा सरकारको पेन्सन दायित्व झण्डै ३५ अर्ब रुपैयाँ रहेको बताइएको छ जुन चार वर्ष अगाडिको तुलनामा दोब्बर रकम हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी

    मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

    धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

    रेनुको अग्रता झन बढ्यो

    हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

    सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑