सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १८ – अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा घाइते भएका पाँचजना नेपालीमध्ये चारजनाको अवस्था सामान्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार सामान्य घाइते चारैजना सामान्य उपचारपछि फर्किएका छन् भने एक जनाको उपचार भइरहेको छ ।
उपचाररत नेपालीका बारेमा इस्लामावादमा रहेको नेपाली दूतावासमार्फत निरन्तर जानकारी लिइरहेको उहाँले बताउनुभयो । घाइते भएका पाँचैजनालाई परिवारसँग सम्पर्क गराइसकिएको पनि उहाँले जानकारी दिनुभयो । आकर्षक तलबका कारण जोखिम धेरै भएको अफगानस्तानमा नेपालीहरु कामका लागि जाने गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा