• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / समाज

    ​संघमा १८ मन्त्रालय रहने (सूचीसहित)

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ १८, बिहिबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं, १८ जेठ । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले संघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालयको प्रस्ताव गरेको छ ।

    राज्य व्यवस्था समितिमा उक्त समितिले प्रस्तुत गरेको कार्यप्रगतिमा नेपालको संविधान, मौलिक हकको अध्ययन प्रतिवेदन, कार्य्विस्तृतीकरण प्रतिवेदन, मुलुकको परिवेश, अन्तर्रा्ष्ट्रिय अभ्यास र संविधानको अनुसूचीमा उल्लिखित अधिकार सूची तथा समान कार्य प्रकृतिका आधारमा संघमा १८ मन्त्रालयको प्रस्ताव गरिएको उल्लेख गरिएको छ । हाल केन्द्रमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ वटा मन्त्रालय रहेको समितिले जनाएको छ ।

    शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्न मन्त्रिपरिषद्को सचिवालय कार्यक्षेत्र तोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राख्न पनि समितिले सिफारिस गरेको हो । अर्थ तथा योजना, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, पर्यटन तथा संस्कृति, कृषि, सहकारी र भूमि व्यवस्थापन मन्त्रालयको नामकरण र कार्यक्षेत्रसमेत खुलाएर संघमा रहने मन्त्रालय विवरण समितिले तयार गरेको छ ।

    संघमा गृह, जलस्रोत तथा ऊर्जा, परराष्ट्र, भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्डयन, रक्षा, शिक्षा, खेलकुद तथा विज्ञान प्रविधि, महिला समावेशीकरण तथा सामाजिक न्याय, सूचना तथा सञ्चार, स्वास्थ्य, मानव संसाधन, युवा, श्रम तथा रोजगार र वन तथा भू–संरक्षण मन्त्रालय रहनुपर्ने उल्लेख छ । मन्त्रालयको नाम र कार्यक्षेत्र सिफारिस गर्दा संविधानमा उल्लिखित एकल र साझा अधिकारको सूची, कार्य विस्तृतीकरणसम्बन्धी प्रतिवेदन, कार्यविभाजन नियमावली र विद्यमान सङ्गठनात्मक संरचना, प्रशासनिक पुनःसंरचनाको सम्बन्धमा भएका अध्ययन प्रतिवेदन, परामर्श दाताको प्रतिवेदन, सम्बन्धित मन्त्रालयको सुझाव, अन्तर्रा्ष्ट्रिय प्रचलन र असल अभ्यास तथा विज्ञ सदस्यका सुझावलाई आधार मानिएको कार्यान्वयन समितिका संयोजक काशीराज दाहालले जानकारी दिए ।

    मन्त्रालयको सङ्ख्या किटान गर्ने सम्बन्धमा कार्यअनुसारको सङ्गठन संरचना, सन्निकटताको सिद्धान्त र सेवा प्रवाहमा दक्षता प्रभावकारितालगायत अन्य सङ्गठन गठनका सिद्धान्तलाई अवलम्बन गरिएको जनाइएको छ । हाल केन्द्रमा ६ संवैधानिक निकाय, ५७ विभाग, विभागस्तरका १८ वटाका साथै क्षेत्रीय तथा अञ्चलस्तरीय, जिल्लास्तरीय, इलाकास्तरीय गरी ८ हजार ५९० कार्यालय रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । मुलुकमा ३७ वटा सार्वजनिक संस्थान रहेको पनि उल्लेख गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी प्रशासनसम्बन्धी ऐनकानुन तर्जुमा गर्दा अपनाउनुपर्ने आधारभूत मार्गदर्शन, सिद्धान्त र नीतिसम्बन्धी २३ बुँदे प्रतिवेदन पनि समितिले तयार पारेको छ ।

    स्थानीय तहमा कति कर्मचारी ? स्थानीय तह सञ्चालनसम्बन्धी अन्तरिम व्यवस्थापनसम्बन्धी प्रतिवेदनमा गाउँपालिकामा कार्यकारी अधिकृत, उपसचिव वा शाखा अधिकृतसहित नौ, गाउँपालिकाको वडामा वडासचिवका रुपमा नायब सुब्बा वा खरिदारसहित तीनजना कर्मचारीको प्रस्ताव गरिएको छ । नगरपालिकाको हकमा भने उपसचिवस्तरको कार्यकारी अधिकृतसहित १० जना हुनुपर्ने सुझाव प्रस्तुत गरिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    चार मेट्रिक टन फोहर व्यवस्थापन

    देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    आज भदौ १२ गते शनिबार कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी

    साउनमा पनि अर्जुनधाराधामको मुख्य मन्दिर खुला नहुने

    नगर–नगर साझेदारीमा उपत्यकामा सात नगरपालिकामा पार्क र उद्यान बन्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑