सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १७, काठमाडौं – सरकारले पहिलो पटक विदेशका जेलमा रहेका नेपालीको अबस्था पत्ता लगाउन थालेको छ । प्र प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ शुसिल ढुंगानाका अनुसार अहिलेसम्म ३ सय १८ जना नेपाली जेलमा रहेको पत्ता लागेको छ । उनीहरु मध्ये केहिले मृत्युदण्ड भोगीरहेको र केहिलाई जन्मकैद तोकिएको पाइएको छ । यस अघि विदेशका जेलमा कति नेपाली छन् र उनीहरुको अवस्था के छ भन्ने थाहा थिएन ।
विदेशी जेलमा रहेका नेपालीलाई हत्या, लागुु औषध प्रयोग तथा कारोबार, मानब तस्करी, मादक पदार्थ उत्पादन प्रयोग तथा बिक्रि, चोरी, ठगी, बलात्कार जस्ता अभियोग लागेको छ । जेलमा रहेका नागरिकहरु मध्ये १७ जनालाई मृत्युु दण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुुनाईएको छ । २ सय ३९ जना १ महिना देखि ५० बर्ष सम्मको जेल सुनाईएका छन् । त्यस्तै थप १४ जनालाई मृत्युुदण्ड र ३ जनालाई जन्मकैद हुुन सक्ने गरि मुुद्धा चलिरेको छ । मलेसियाका बिभिन्न घरफिर्ति केन्द्रहरुमा सामान्य अभियोगमा थुुनामा रहेका नागरिकहरुको संख्या करिब ५ सयको हाराहारीमा रहेको छ । सामान्य अभियोगमा मध्यपूर्वका अन्य देशहरुमा समेत नेपाली नागरिकहरु थुुनामा रहेका छन् ।
नेपाली दूतावास रहेका र नभएका ३२ वटा देशमा नेपाली जेल परेको पाइएको हो । भारत लगायत अन्य केहि देशको बिबरण आउन बाँकी छ ।
भारतको हिमाञ्चल प्रदेश तथा अन्य बिभिन्न प्रदेशमा पनि ठूुलो संख्यामा नेपाली जेल परेको सूचना आएको छ । तर आधिकारीक रुपमा जानकारी प्राप्त भैसकेको छैन । सबै भन्दा धेरै साउदी, कुुबेत र कतारमा रहेका छन् । मलेसिया लगायत मध्यपूर्वका देशमा र दक्षिण कोरियामा पनि नेपाली जेल परेका छन् । बंैकक र चीनको बेइजिङ्ग तथा स्वशाशित क्षेत्र तिब्बतमा पनि धेरै संख्यामा नेपाली जेलमा रहेको भेटिएको छ । पाकिस्तान, श्रीलंका, कम्बोडिया, सिङ्गापुुर लगायत देशमा समेत नेपालीहरु जेलमा छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा