सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । दरबार हत्याकाण्डको बारेमा विवेक कुमार शाहद्वारा लेखिएको ‘मैले देखेको दरबार’मा आधारित भएर फिल्म बन्ने भएको छ ।
विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर यो चलचित्र बन्नेछ । जसका लागि निर्माताले, पुस्तकको अधिकार पनि किनिसकेका छन् ।नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने छ भने चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिने बताइएको छ ।
स्वर्गीय राजा वीरेन्द्र शाहका जेठा सुपुत्र दीपेन्द्र शाहलाई केन्द्रमा राखेर निर्माण गरिने चलचित्र ‘दीपेन्द्र सरकार’ को मुख्य भुमिकामा नायक प्रदिप खड्का रहने पक्कापक्की भएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ निर्माण गरेर चर्चामा रहेका निर्माता सेनले राजधानीमा एक कार्यक्रमका बिच ‘दीपेन्द्र सरकार’को घोषणा गरेका हुन् ।
नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने यो चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिने निर्माता सेनले बताए ।
‘प्रेमगीत’ बाट चर्चाको शिखरमा रहेका नायक प्रदिपको प्रेमगीत २ रिलिजको तयारीमा रहेको छ भने बुधबारको कार्यक्रममा नायक प्रदिप राजश्री पहिरनमा नै उपस्थित भएका थिए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा