सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १६, काठमाडौं – एमालेको संसदीय दलको बैठकले भरतपुरमा मतगणना सुरु गर्न माग गर्दै गणना सुुरु नभए सडक र सदनमा आन्दोलन गर्ने निर्णय गरेको हो । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तापक्षले शक्तिको दुरुपयोग गरेर पुनः मतदान गर्न भरतपुरमा मतपत्र च्यातेको आरोप लगाउँदै मतगणना सुरु नभएसम्म संसद र सडक दुवैमा विरोध जनाउने बताउनुभयो ।
किनकी यो एक ठाउँको हारजितको मात्र कुरा नभए सिंगो चुनावको निष्पक्षता र दोस्रो चरणको चुनावसँग पनि जोडिएको विषय हो ।’ एमालेले बुधबार बिहान ११ बजे बस्ने संसद बैठक समेत चल्न नदिने जनाएको छ । बैठकपछि ओलीले भन्नुभयो, ‘भरतपुरका विषयमा हामी चुप बस्दैनौँ । सडक भने सडक र सदन भने सदनमा उत्रन तयार छौं ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा