सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, १६ जेठ – काठमाण्डौ महानगरमा जित हात पारेपछिको विजय सभालाई सम्बोधन गर्दै ओलीले सोधे – ‘प्रधानमन्त्रीज्यू कतिवटा विवाह गर्यो भने सम्मान पाइन्छ ?’ओलीले डाडु पन्यौ आफ्नो हातमा भएको बेला प्रधानमन्त्री पुत्रलाई समाजसेवीको रुपमा प्रसिद्ध जनसेवा श्री पदक दिइएको आरोप लगाए ।
‘यो देशमा सम्मान गर्ने कांग्रेस र माओवादी बाहेक कोही छैन ?’, ओलीले भने, ‘सम्मानमा शरम व्यक्त गर्नुपर्ने । आफ्ना गुरिल्लालाई सम्मान । प्रधानमन्त्रीज्यू कतिवटा विवाह गर्यो भने सम्मान पाइन्छ ?’
उनले प्रधानमन्त्रीलाई लोकलाज राख्न समेत सुझाव दिएका छन् । ‘सार्वजनिक पदमा बसेपछि मर्यादा राख्नुस् । छोरालाई पुल्लपुल्याउनुस् तर यो त राज्यको ढुकटी र राज्यको तक्मा पदकको अपमान हो,’ उनले भने । उनले पदक वितवरणलाई एमालेले अपमानको व्यवस्था भन्दै अस्वीकार गर्ने बताए । ‘म सोध्न चाहान्छु प्रधानमन्त्रीज्यू के तपाईँको छोरा साँच्चै महान सेवासेवी हुन् ? जसले देशका लागि के गरे ?’ गणतन्त्र दिवसको अवसरमा सरकारले प्रकाश दाहाललाई प्रवल जनसेवा श्री मानपदवी दिने निर्णय गरेको थियो । तर प्रकाश दाहालले भने पदक नलिने घोषणा गरिसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा