सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, जेठ १६– प्रधानमन्त्री प्रचण्डले मुस्लिम समुदायको मुख्य पर्व रमजानलाई मध्यनजर गर्दै असार ९ को मितिमा पुनरावलोकन गर्ने संकेत दिएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुस्लिम प्रतिनिधिहरुले असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचन मितिमा पूनर्विचार गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मागप्रति सकारात्मक रहेको प्रतिकृया दिएका छन् । मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘आज तपाईंहरुलाई मैले नै यहाँ बोलाएको हुँ ।
हिजो मात्रै हामीले क्याबिनेटबाट चुनावको मिति सार्ने निर्णय गरेका थियौं । तर, असार ९ गते रमझान चाड पर्छ भन्ने कसैलाई पनि हेक्का रहेनछ । सरकार तपाईहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर तपाईहरुको माग सम्बोधन गर्छाैं ।’
भेटमा प्रधानमन्त्री प्रचण्डले ‘असारमा चुनावको मिति तोकिएको छ, मनसुनका कारण चुनाव प्रभावित होला कि भन्ने चिन्ता पनि छ । हामीले जुनकुनै हालतमा चुनाव गर्नुपर्छ । निर्वाचनले मात्रै राजनीतिक संक्रमणको अन्त्य गरी देशलाई राजनीतिक स्थिरता र विकासतिर लैजानेछ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा