सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डोल्पा , जेठ १६ – महिनावारी स्वच्छता दिवसको अवसर पारेर डोल्पाका महिला म्यादी प्रहरीलाई महिनावारी सुरक्षा प्याड वितरण गरिएको छ । स्थानीय चुनाव सम्पन्न गर्न जिल्लाका विभिन्न गाउँगाउँबाट प्रतिनिधित्व जनाएका ६८ महिला म्यादी प्रहरीलाई सदरमुकाम दुनैमा आयोजित अन्तक्र्रिया कार्यक्रममा प्याड वितरण गरिएको नेपाल रेडक्रस डोल्पा शाखाका कार्यक्रम संयोजक टेकम वलीले जानकारी दिए ।
कार्यक्रममा महिनावारी नियमित प्रक्रिया हो, यससम्बन्धी सबैसँग खुलेर कुरा गर्ने बानी बसालौँ, धर्मका नाममा महिनावारी भएको महिलालाई फरक व्यवहार नगरौँ जस्ता सन्देश जिल्लाका दुर्गम गाउँगाउँसम्म पुर्याउने उद्देश्यले प्रतिनिधि पात्रका रूपमा महिला म्यादी प्रहरीलाई सुरक्षा प्याड वितरण गरिएको संयोजक वलीले बताए । महिनावारी स्वच्छतासम्बन्धी सन्देश महिला म्यादी प्रहरीले गाउँगाउँमा पु¥याएर महिनावारीसम्बन्धी सकारात्मक धारणाको विकास गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा