सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१६ जेठ ।भक्तपुर चाँगुनारायण नगरपालिकाकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । यस नगरपालिकाको नगरप्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका सोम मिश्रले आठ हजार ५१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजाराम खड्काले छ हजार ८६९ मत प्राप्त गरी पराजित हुनुभयो । त्यसैगरी, उपप्रमुखमा एमालेकै विना बास्तोलाले आठ हजार ७८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राधा (सरु) बानियाँले छ हजार ४७६ मत प्राप्त गरी पराजित हुनुभयो ।
यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहनुभएका रवीन्द्रप्रताप शाहले पाँच हजार १९८ मत, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले चार हजार ५४५ मत र नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहनुभएका न्हुछे फोजूले चार हजार ४४२ मत र उपप्रमुख रीता काफ्लेले चार हजार २२ मत मात्रै प्राप्त गर्नुभयो । त्यसबाहेकका अन्य दलले एक हजार मत पनि नघाउन सकेनन् । कुल ३४ हजार ४४८ मतदाता रहेको यस नगरपालिकामा २८ हजार ९१ मत खसेको थियो ।
यस नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेमकिपा दोस्रो र एमाले वा राप्रपामध्ये एक दल तेस्रो हुन्छ भन्ने नेपाली काँग्रेस र नेमकिपाको दाबीलाई चिर्र्दै अन्ततः एमाले पहिलो दल बन्न सफल भएको छ । चाँगुनारायण नगरपालिकामा वडा नं १, २, ५ र ७ मा नेपाली काँग्रेसको समूह विजयी भएपनि वडा नं. ३, ४, ६, र ८ मा एमालेको समूह नै विजयी भएको छ । वडा नं ५ र ७ मा एक–एक सदस्यमा एमालेका उम्मेदवार नै विजयी भएका थिए ।
निर्वाचित भएलगत्तै प्रतिक्रिया दिँदै नगरप्रमुखमा निर्वाचित मिश्रले घोषणापत्रअनुसार नै एमालेले काम गर्ने र चाँगुनारायण नगरपालिकाको समग्र विकास गर्दै यस नगरपालिकाको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा