सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१६ जेठ ,उदयपुरः दोस्रो चरणको निर्वाचनका लागि उदयपुरमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चार नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तहमा उम्मेदवार छनौट गरेका छन्। एमालेले त्रियुगा नगरपालिकाको मेयरका लागि बलदेव चौधरी र उपमेयरमा सृजना दनुवारलाई उम्मेदवार बनाएको छ। त्यस्तै कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ मेयर र उपमेयरमा भीमकुमारी राउत, बेलका नगरपालिकाको मेयरमा दुर्गाकुमार थापा र उपमेयरमा राजकुमारी चौधरी तथा चौदण्डी नगरपालिकामा नरेन्द्रबहादुर राउत र कान्ता राईलाई मेयर र उपमेयरको उम्मेदवार बनाएको छ।
यस्तै, उदयपुरगढी गाउँपालिकामा एमालेले अध्यक्षमा मानबहादुर मगर र उपाध्यक्षमा सानु राउत, ताप्ली गाउँपालिकाको अध्यक्षमा उद्धवसिंह थापा र उपाध्यक्षमा कमला राई, रौतामाई गाउँपालिकाको अध्यक्षमा गजेन्द्र खड्का र उपाध्यक्षमा कुमारीज्यू ठकुरी, सुनकोसी गाउँपालिकाको अध्यक्षमा भलबहादुर राई र उपाध्यक्षमा लक्ष्मी कार्कीलाई उम्मेदवार बनाएको छ। नेपाली कांग्रेसले त्रियुगा नगरपालिकाको मेयरमा वसन्तकुमार बस्नेत र उपमेयरमा देवीकुमारी चौधरी, चौदण्डी नगरपालिकाको मेयरमा खगेन्द्र राई, बेलका नगरपालिकाको मेयरमा अशोक कार्की र उपमेयरमा दीपा राई, कटारी नगरपालिकाको मेयरमा ज्ञानेन्द्र मानसिंह राउत र उपमेयरमा सरस्वती ढुङ्गानालाई उम्मेदवार बनाएको छ।
यस्तै, सुनकोसी गाउँपालिकाको अध्यक्षमा पुष्पलाल राई, उपाध्यक्षमा रमिला राई, ताप्ली गाउँपालिकाको अध्यक्षमा डिकबहादुर ठकुरी र उपाध्यक्षमा धनमाया मगर, रौतामाई गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र थापा र उपप्रमुखमा धनमाया थापामगर, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर खड्का र उपाध्यक्षमा बिमा राईलाई उम्मेदवार बनाएको छ।
नेकपा माओवादी केन्द्रले कटारी नगरपालिकाको मेयरमा केपी बराल र उपमेयरमा मीना कोइराला, बेलका नगरपालिकाको मेयरमा रमण भट्टराई र उपमेयरमा गङ्गासरी राई, सुनकोसी गाउँपालिकाको अध्यक्षमा मेजर राई र उपाध्यक्षमा सुना राई, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा देव गिरी र उपाध्यक्षमा निर्मला मगर र ताप्ली गाउँपालिकाको अध्यक्षमा ढुङ्गराज विकलाई उम्मेदवार बनाएको छ। बाँकी तीन तहको लागि दुई दिनभित्र उम्मेदवार टुङ्गो लगाइने माओवादीले जनाएको छ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा