सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १६ – ललितपुरमा जथाभावी बाटो काट्ने ५८ जना कारबाहीमा परेका छन् । ३० जनालाई २ सय रुपैयाँ जरिवाना तिराइएको र अरु पैसा नहुने २८ जनालाई सचेतना कक्षा दिइरहेको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । जरिवाना वापतको पैसा नहुनेलाई ३ घण्टासम्म सचेतना कक्षामा राखिन्छ । उहाँका अनुसार दुर्घटनाको जोखिम भएका ठाउँमा बिहानैदेखि ट्राफिक प्रहरी खटिएका छन् ।
ट्राफिक प्रहरीले कारबाही थाल्नु अघि डेढ महिनासम्म जथाभावी बाटो नकाट्न सम्झाईबुझाई गरेको थियो । सडकको छेउमा जथाभावी बाटो काट्दा हुने दुर्घटनाका कारण काठमाडौं उपत्यकामा ४० प्रतिशतको ज्यान जाने गरेको पाइएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा