सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा गए राति मतपत्र च्यातिएका विषयमा निर्वाचन आयोगले आज गठन गरेको छानबिन टोलीले जिल्लामा आएर काम सुरु गरेको छ ।
आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमानसिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको छ । टोलीका संयोजक तिम्सिनाका अनुसार आज यहाँ आइपुगेसँगै जिल्ला निर्वाचन कार्यालयमा वस्तुस्थितिका बारेमा जानकारी लिइएको छ । टोलीले आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रअिज, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँग समेत छलफल गरेको छ ।
गए राति ११ः४४ बजे मतगणना हुँदै गर्दा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए । सो क्रममा प्रहरीले नेकपा माओवादी केन्द्रका दुई जनालाई नियन्त्रणमा लिएको छ । मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको नेकपा९एमाले०को आरोप छ । माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको विज्ञप्तिमार्फत जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा