सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानिय तहको निर्वाचन असार ९ गतेका लागि सार्ने सरकारको निर्णयको स्वागत गरेको छ।
तर आफ्ना मुख्य मागको रुपमा रहेका संविधान संशोधन र जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप्ने निर्णय नभएसम्म निर्वाचनमा जान नसकिने उसले जनाएको छ।
उक्त पार्टीको अध्यक्ष मण्डलका एक सदस्यले निर्वाचन आयोगमा दल दर्ता, चुनाव चिन्ह निर्धारण जस्ता प्राविधिक काम गरेर मात्रै निर्वाचनमा जाने वातावरण नबन्ने बताएका छन्।
सरकारले दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ बाट असार ९ गते सार्ने निर्णय गरेको थियो।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा संविधानप्रति असन्तुष्टी राख्दै आएका दलहरुलाई सहभागी बनाउने प्रयास गरिररहेको सरकारले सोमबार निर्वाचनको मिति ९ दिन पछाडी सार्ने निर्णय गरेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा