सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १५ ,पाँचथर, पाँचथर जिल्लामा सुरक्षितगर्भपतन गराउनेहरुको संख्या बढ्दै गएको छ । फिदिममा शुक्रबार आयोजित निःशुल्क सुरक्षित गर्भपतन सेवा सम्वन्धि गैर सरकारी सस्था र सरोकारवालासँगको बैठकमा यस्तो तथ्यांक प्रश्तुत गरिएको हो ।
आइपास नेपाल र जिल्ला स्वास्थ कार्यालयको साझेदारीमा पाँचथरमा ५ वर्ष अघिदेखि जिल्ला अस्पताल सहित २१ वटा स्वास्थ सस्थामा निःशुल्क सुरक्षितगर्भपतन सेवा शुरु गरिए पश्चात असुरक्षितगर्भपतन गराउने र मातृ मृत्यूदरको संख्या समेत घटेको आइपास नेपालकाकार्यक्रम संयोजक केदार भण्डारीले बताए ।
जिल्ला अस्पतालमा मात्रै पछिल्लो दुई वर्षमा १ हजार २५ जनाले सुरक्षितगर्भपतन गराएका छन । नेपाल सरकारले १२ हप्तासम्मको गर्भपतनलाई कानूनीमान्यता दिनुकासाथै स्वास्थ संस्थामा दक्ष स्वास्थकर्मीको उपलव्धता सँगै सुरक्षित गर्भपतनका सेवाग्राहि बढेको कार्यक्रममा जानकारी दिइएको थियो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा