सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चलचित्र ‘२ रुपैयाँ’को नयाँ गीत सार्वजनिक गरिएको छ । राजनराज शिवाकोटीको शब्द संगीत रहेको यो गीतमा राजनराज, मेलिना राई र राजन ईसानको आवाज छ । लोक फ्लेभरको यो गीतले दर्शकको मन छुने कुरामा चलचित्र युनिट विश्वस्त देखिएको छ । गीतको अडियो बिशुद्व नेपाली पाराको मन छुने र क्याच्ची छ । अडियो झै भिडियोमा पनि निकै वर्कआउट गरेको देखिन्छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । रेगुलर हिट गीत दिईरहेका राजनराज शिवाकोटीको यो अर्को हिट गीत हुनसक्ने आँकलन गर्न सकिन्छ ।
चलचित्रको यस गीतमा स्वस्तिमा खड्का, निश्चल बस्नते, आशिफ शाह, बुद्वि तामाङ्ग लगायतले कम्मर मर्काएका छन् । असिम शाह निर्देशित चलचित्र ‘२ रुपैयाँ’मा निश्चल, आशिफ र बुद्विका अलावा रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लयायतको पनि अभिनय रहेको छ । दुई जना मिल्ने साथीहरुको यात्रामा निस्कदाको रमाईलो र अप्ठ्यारोलाई चलचित्रको मुख्य कथाबस्तु बनाईएको छ ।
भिडियो :
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा