सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १५, भक्तपुर । चाँगुनारायण नगरपालिकाका वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । वडा नं ७ मा एक वडा सदस्यबाहेक सबै नेपाली काँग्रेसको समूह विजयी भएको छ । जसमा वडाध्यक्षमा ज्ञानबहादुर केसीले एक हजार ७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी महिला वडा सदस्यमा एमालेकी दुर्गा थापा लामिछाने, काँग्रेसका उम्मेदवारहरु दलित महिला सदस्य मनिता नेपाली, सदस्यहरु शम्भु श्रेष्ठ र रमेश लामा मत प्राप्त गरी विजयी हुनुभएको छ । काँग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले पाँच हजार ८३९ मत र उपप्रमुख सरु बानियाँले छ हजार ३०२ मतल्याउनु भएको छ । मतगणना सकिएका वडामध्ये १, २, ५ र ७ मा काँग्रेसको समूह विजयी भएको छ । रासस
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा