सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १५, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आइतबार बेलुकी एक बालिकाको स्थानीय कालानी सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–७ का १२ वर्षीया सगुन धामीको सिँचाइको नहरमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो । नहरमा पानी परेर तलाउ बनेपछि बालिका नुहाउन गएकी थिइन
। धामीसँगै गएका अन्य एक बालिका भने सकुशल रहेको स्थानीयवासीले जानकारी दिएका छन् । पानीमा डुबेर घाइते अवस्थामा रहेकी धामीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा