सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेठ १५ । चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । आइतबार राति नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातिदिएपछि मतगणना स्थगित गरिएको हो ।
शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थलमा माओवादीका कार्यकर्ता प्रवेश गरी मतपत्र च्यातिदिएपछि स्थिति तनावपूर्ण बनेको थियो ।
प्रहरीले मतपत्र च्यात्ने दुई जनालाई पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले घटनाबारे निर्वाचन आयोगलाई प्रतिवेदन दिएपछि आगामी कारबाही अघि बढ्ने बताएका छन् ।
नेकपा एमालेका भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार देवी ज्ञवालीले शान्तिपूर्ण मतगणना भइरहेकाबेला सत्तारुढ दलका प्रतिनिधिहरुले मतगणना रोकेको भन्दै दुःख व्यक्त गरे ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सुरुको वडादेखि नै पुनः मतगणना हुनुपर्ने, कम्प्युटरमा तथ्यांक व्यवस्थापनमा गडबढी भएकोलगायतका विषय उठाएर मतगणना भइरहेको मतपत्र च्यातेको बताइएको छ ।
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा