सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोलुखुम्बु, १४ जेठ । सगरमाथा आरोहणका क्रममा हराएका दुई भारतीय नागरिकको शव भेटिएको छ ।
सगरमाथा आरोहणको पूर्वतयारीका क्रममा चौथो शिविर पुगेका भारतीय नागरिक ५८ वर्षीय परमेशचन्द्र नाथ र ५० वर्षीय गौतम घोष २०७२ चैत ४ गते बेपत्ता भएका थिए । त्यसबेला खोजी गर्दा नभेटएको भएपनि यसवर्ष हिउँ कम हुँदा उनीहरुको शव बाहिर देखिएपछि फेला परेका हुन् ।
उनीहरुको शव आज हेलिकोप्टरमार्फत राजधानी लगिएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
यसैबीच सगरमाथा आधार शिविरमा एक नेपालीको ज्यान गएको छ । गुदेल–५ घर भएका गोठकुवीर राईको शनिबार सगरमाथा आधार शिविरमा ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा