• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

      भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी

      मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

      धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

      भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

      गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

      कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको वडामा एमाले विजयी

      प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी विजयी

      त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

      ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

      काठमाडौँको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका नापित विजयी

      महिनाको पहिलो दिन नेप्सेमा पहिरो

      रेनुको अग्रता झन बढ्यो

      हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

      काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    होमपेज / आर्थिक

    मुलुकको अर्थतन्त्रमा गुणात्मक सुधार : सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ १४, आईतबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, १४ जेठ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.९४ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

    अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आव २०७३÷७४को आर्थिक सर्वेक्षणअनुसार अनुकूल मौसमका कारण कृषि उत्पादकत्वमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन, लगानीको वातावरणमा सुधारलगायत समग्र सुधारको असर अर्थतन्त्रमा परेको हो ।

    तेइस वर्ष यताकै उच्च उक्त वृद्धिदरले अर्थतन्त्रमा सकारात्मक असर पारेको छ । भूकम्प र सीमा नाका अवरोधबाट अर्थतन्त्रमा सङ्कुचन आएका कारण गत आवमा आर्थिक वृद्धिदर ०.०१ प्रतिशत रहेको थियो ।

    कृषि र गैरकृषि क्षेत्रमा उत्पादन क्रमशः ५.२९ प्रतिशत र ७.७४ प्रतिशतले बढ्ने अनुमान छ । गत आव यी क्षेत्रको उत्पादन क्रमशः ०.०३ प्रतिशत र ०.१६ प्रतिशत थियो ।

    त्यसैगरी, यस अवधिमा सेवा र उद्योग क्षेत्रको उत्पादन क्रमशः ६.९ प्रतिशत र १०.९७ प्रतिशतले बढ्ने अनुमान छ । अर्थतन्त्रको आकारमा सेवा क्षेत्रको अंश बढ्दै गएको र कृषिको अंश घट्दो रहेकाले अर्थतन्त्रको संरचनामा परिवर्तन भइरहेको सर्वेक्षणमा उल्लेख छ ।

    यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि र गैरकृषि क्षेत्रको योगदान क्रमशः २९.३७ र ७०.६३ प्रतिशत रहने अनुमान छ । त्यसैगरी, कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ८९.७ प्रतिशत रहने अनुमान गरिएको छ भने अघिल्लो आर्थिक वर्षमा ९६.१८ प्रतिशत थियो ।

    सर्वेक्षणका अनुसार सो अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचतको अंश ६.४३ प्रतिशत विन्दुले वृद्धि भइ १०.२५ प्रतिशत हुने अनुमान छ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कुल राष्ट्रिय बचतको अनुपात ४३.७८ प्रतिशत रहने अनुमान छ ।

    चालु आवमा गत वर्षको तुलनामा ४५.८ प्रतिशतले वृद्धि भई कुल पुँजी निर्माण खर्च रु ११ अर्ब चार अर्ब ९६ करोड रहने अनुमान छ ।

    चालु आवमा स्थिर मूल्यमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा ६.१ प्रतिसले वृद्धि भई २८ हजार ७३३ रहने अनुमान छ । अमेरिकी डलरमा प्रतिव्यक्ति आय ८६२ पुगेको छ । गत आवमा ७५७ रहेको थियो ।

    यस अवधिमा कृषि उत्पादनमा वृद्धि र समग्र आयातमा सुधार आएका कारण मुद्रास्फीति दर गत केही वर्ष यताकै न्यून रहने अनुमान छ । चालु आवको प्रथम आठ महिनाको अवधिमा औसत मुद्रास्फीति दर ५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा मुद्रास्फीति ९.७ प्रतिशतको थियो ।

    यस अवधिमा विनियोजित बजेट रु १० खर्ब ४८ अर्ब ९२ करोडमध्ये प्रथम आठ महिनासम्म चार खर्ब १६ करोड भएको र यसमध्ये चालुतर्फ दुई खर्ब ९३ अर्ब ४२ करोड अर्थात् ७३.३२, पुँजीगत खर्च रु ६७ अर्ब ८३ करोड अर्थात् १६.९५ र वित्तीय व्यवस्था खर्च ३८ अर्ब ५१ करोड अर्थात् ९.७३ प्रतिशत छ ।

    यस अवधिमा कुल राजस्व परिचालन रु पाँच खर्ब ६५ अर्ब ९० करोड रहने अनुमान गरिएकामा प्रथम आठ महिनामा रु तीन खर्ब ५३ अर्ब ९१ करोड परिचालन भएको छ । यो रकम गत आवको आठ महिनाको तुलनामा ५३.१६ प्रतिशतले बढी हो ।

    चालु आवमा गत वर्षको तुलनामा ३५.७६ प्रतिशतले वृद्धि भएर रु दुई खर्ब १२ अर्ब चार करोडको राजश्व प्राप्त भएको सर्वेक्षणमा उल्लेख छ । कुल प्राप्त वैदेशिक सहायताको प्रतिबद्धतामा अनुदानको अंश २१.५ प्रतिशत र ऋणको अंश ७८.५ प्रतिशत छ ।

    विसं २०७३ को फागुन महिनासम्म तिर्न बाँकी खुद सार्वजनिक ऋण रु छ खर्ब २७ अर्ब ७९ करोड रहेको छ । यसमध्ये आन्तरिक ऋणको अनुपात ३८.१ प्रतिशत र ६१ प्रतिशत रहेको छ जुन अघिल्लो आवको कुल गार्हस्थ्य उत्पादनसँग कुल सार्वजनिक ऋणको अनुपात २४.१ प्रतिशत रहेको छ ।

    यस अवधिमा विस्तृत मुद्रा प्रदाय ९.५ प्रतिशतले बढेको छ गत वर्ष सोही अवधिमा ११.५ प्रतिशतले बढेको थियो । आर्थिक गतिविधिमा आएको सुधारका कारण निजी क्षेत्रमा जाने कर्जामा १६.२ प्रतिशतले वृद्धि भई रु १९ खर्ब ६६ अर्ब १९ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८.३ प्रतिशतले वृद्धि भई रु २१ खर्ब ८३ अर्ब ३० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो वृद्धि ८.४ प्रतिशत थियो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात २.१३ प्रतिशत रही वित्तीय स्थायित्व कायमै रहेको छ ।

    कुल वस्तु निर्यात १२.८ प्रतिशतले वृद्धि भई रु ४८ अर्ब २२ करोड पुगेको छ भने कुल वस्तु आयात ४४.२ प्रतिशतले वृद्धि भई रु छ खर्ब २८ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो आवमा वस्तु निर्यात तथा आयातमा शिथिलता आएको थियो । फलस्वरुप चालु वर्षको आठ महिनामा कुल व्यापार घाटा ४७ प्रतिशतले बढेर रु पाँच खर्ब ८० अर्ब ३४ करोड पुगेको सर्वेक्षणमा उल्लेख छ । चालु आवको प्रथम आठ महिनामा समग्र शोधनान्तर रु ५० अर्ब ६ करोड बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको तुलनामा ३.४ प्रतिशतले वृद्धि भई रु १० खर्ब ७४ अर्ब २७ करोड पुगेको छ । यसले करिब १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने उल्लेख छ ।

    धितोपत्र बजारमा गरिएका सुधार, बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि योजना लागत समग्र आर्थिक गतिविधिमा सुधार आएसँगै पुँजी बजारमा एवम् विस्तार भएको छ ।

    विसं २०७२ फागुन मसान्तमा एक हजार ३१८.९ विन्दुको नेप्से २०७३ असार मसान्तमा एक हजार ७१८.२ विन्दुमा र फागुनमा एक हजार ३५५.२ विन्दुमा पुगेको उल्लेख छ । यस अवधिमा पुँजीकरण रु १५ खर्ब ३७ अर्ब पुगेको र कुल गार्हस्थ्य उत्पादनसँग कुल बजार पुँजीकरणको अनुपात ५९.१३ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

    भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी

    मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

    धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

    रेनुको अग्रता झन बढ्यो

    हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

    सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑