सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १४, काठमाडौं – सोलुखुम्बुको लुक्ला विमानस्थलमा शनिवार भएको गोमा एयरको कार्गो विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ ।सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्ष रहेका ४ सदस्य दुर्घटना जाँच आयोग गठन गरेको हो ।सोलुखुम्बुमा शनिवार भएको गोमा एयरको विमान दुर्घटना हुँदा पाइलट र सहपाइलको मृत्यु भएको थियो भने एयर होस्टेज गम्भीर घाइते भएकी छन् ।
आयोगमा सैनिक हवाई महानिर्देशनालयका क्याप्टेन आशिष नरसिंह राणा, तारा एयरका बरिष्ठ क्याप्टेन बोधराज निरौला, मनाङ एयरका बरिष्ठ इन्जिनियर दिगम्बर राजभण्डारी सदस्य रहेका छन् भने नागरिक उड्डेयन मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्य सचिव रहेका छन् ।
आयोगलाई ९० दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । आयोगलाई आईसीएओको एनेक्स १३–एक्सीडेन्ट इन्भेस्टिगेशनमा रहेका ब्यवस्था तथा गैरसैनिक हवाइ उडान दुर्घटना जाँच नियमावली, २०७१ अनुसार राय सुझावसहित प्रतिवेदन पेश गर्न र भविष्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता लगायतका विषयमा सुरक्षा सिफारिस गर्न जिम्मेवारी दिइएको छ ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा