सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १४ , घरेलु मैदानमा शनिबार राति भएको फाइनल भिडन्तमा आलाभेसलाई ३–१ ले स्तब्ध बनाउँदै बार्सिलोनाले लगातार तेस्रोपटक उपाधि जितेको हो । बार्सिलोनालाई जिताउन लयोनल मेस्सी, नेइमार र पाको एलकेसरले गोल गरे । एलाभेसका लागि थियो हर्नान्डेजले १ गोल फर्काए । उनको गोलले कुनै अर्थ राखेन । सबै गोल खेलको पहिलो हाफमै भएका थिए । ३०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाले अग्रता लिएको थियो । मेस्सीले यो सिजन अहिलेसम्म सबै प्रतियोगितामा गरेर ५४ गोल गरेका छन् ।
३३औं मिनेटमा हर्नान्डेजले एलाभेसका लागि बराबरी गोल फर्काए । ४५औं मिनेटमा नेइमार तथा पहिलो हाफको इन्जुरी समयमा एलकेसरले गोल गरेपछि बार्सिलोनाले ३–१ को अग्रता लियो । त्यसैगरी, दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि बार्सिलोना ३–१ ले नै विजयी भयो । यसपटकको फाइनलमा गोल गरेका नेइमारले सन् २०१६ र २०१५ को फाइनलमा पनि गोल गरेका थिए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा