सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १४, नेपालगंज : नेपालगंजको धम्बोजी चोक नजिकै रहेको एक फर्निचर पसलमा भीषण आगलागी भएको छ । एक घण्टादेखि लागेको आगो निभाउनका लागि दुईवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरीको टोली र स्थानीयहरु लागि रहेपनि हालसम्म आगो नियन्त्रणमा आएको छैन् ।
आगलागीका कारण फर्निचर पसल ध्वस्त भइसकेको छ भने नजिर्कै रहेको एक होटलमा पनि क्षति पुगेको छ । आगो नियन्त्रणमा आइनसकेकाले थप क्षति हुन सक्ने सम्भवना देखिएको छ । विद्युत सट भएका कारण आगलागी भएको अनुमान गरिएपनि के कारण आगलागी भएको भन्ने खुलेको छैन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा