सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । नेपाली कांग्रेसकी हरिप्रभा खड्की काठमाडौं महानगरपालिकाको उपमेयरमा विजयी भएकी छन् । मेयरमा भने एमालेका विद्यासुन्दर शाक्य विजयी भए ।
उपमेयरमा कांग्रेसले हरिप्रभा खड्गी उपमेयरमा निर्वाचित भइन् । उनले ५८ हजार ९५२ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए भने तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् । यो पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले हात पारेको सबैभन्दा ठूलो मतान्तर हो ।
काठमाण्डौकै मेयरमा विजयी शाक्य र उनका निकटमत प्रतिद्वन्द्वी राजुराज जोशीको मतान्तर १९ हजार छ । यस्तै भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित नेमकिपाका सुनिल प्रजापतिले पनि १९ हजारकै मतान्तरमा जित हात पारेका थिए ।
तर, काठमाडौंको उपमेयरमा खड्गीले भने २४ हजार बढी मतान्तरले जित हात पारेकी हुन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा