सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १४ – काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य र उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी हुनुभएको छ । शाक्यले कांग्रेसका राजुराज जोशीभन्दा १९ हजार ६ सय ४४ बढि मत ल्याएर विजयी हुनुभएको हो ।
१ लाख ९७ हजार २ सय २७ मत खसेकोमा शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउनुभयो । कांग्रेसका जोशीले ४५ हजार २ सय ६९ मत ल्याउनुभयो ।
विवेकशिल नेपालीकी रञ्जु न्यौपानेले २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभयो । साझा पार्टीका किशोर थापाको १८ हजार ४ सय ९६ र माओवादी केन्द्रका सर्वोत्तम डंगोलको ७ हजार ९ सय ६ मत आएको छ ।
उपमेयरमा निर्वाचित खड्गीले ५८ हजार ९ सय ५२ मत पाउनुभयो । एमाले – राप्रपा गठबन्धनका उम्मेदवार राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत पाउनुभयो ।
साझा पार्टीकी निरुपमा यादवको ११ हजार ५ सय ३३ र माओवादीकी सुशीला पौडेलको १० हजार ४ सय ४८ मत आएको छ । ६ हजार १ सय ८३ मत पूर्ण बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा