सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १४ । राष्ट्रलाई आवश्यक प्राविधिक जनशक्ति र प्रविधि निर्माण गर्दैै विकास अभियानमा लाग्न राष्ट्रिय अविष्कार केन्द्र गठन गरेका सामाजिक अभियान्ता महावीर पुनले आफुले पाएका राष्ट्रिय अन्र्तराष्टिय पदक विक्रीमा राखेर नौलो तरंग ल्याएका छन् ।
आविष्कार केन्द्रमार्फत नयाँ योजना तय र प्रविधित उपलब्धि हासिल गर्न लागिपरेका महाावीर सरकारसंग आवश्यक सहयोगका लागि हारगुहार गरेर थाकेपछि सर्वसाधरण नेपाली संग पैसा बृद्धि र समयको हयोग माग्दै आएका छन् ।
देश विदेशमा रहेको नेपाली हितैषीको स्वैच्छिक महादानबा केन्द्रमा ४ करोड रुपैयाँ जम्माा भईसकेको छ, महावीर सेन्टर फर नेपाल कनेक्सनको ठमेलस्थित क्याफेमा शनिवार उनले भने यही अभियानमा थोरैतिनो आर्थिक भरथेग होस भनेरै आफुले पाएका पदक विक्रीमा राखेको हुँ ।’
यी पदकहरु उनले आफ्नो ठमेल अफिसमा सार्बजनिक प्रदर्शनीमा राखेका छन् । यीमध्ये एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे उनले ५० हजार अमेरिकी डलरसहित पाएका थिए । प्रतिष्ठित पदक विक्रीमा राखिए पनि यिनको मुल्य निर्धारण गरिएको छैन् ।
केन्द्रले राखेको लक्ष्य र योजनामा बल पुर्याउन १० महिनायता सुरु ‘स्वैच्छिक महादान’ मा ५० करोड रुपैंयाँ संकलन गरी जलविद्युत परियोजना संचालन गर्दै यसको नियमित आम्दानीबाट आविष्कार केन्द्रलाई परिणाममुखी बनाउने योजना बुनेको छ । -कान्तिपुर दैनिकबाट
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा