सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १३, कास्की – अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो ‘अब पोखरा-काठमाडौं जोड्नको लागि छुकछुक गर्ने होइन सुलुलु जाने रेल चल्नेछ ।’पोखरा–काठमाडौं जाड्ने रेलमार्ग बनाउने काम छिट्टै सुरु हुने दाबी गर्नुभएको छ । यस कामको अगुवाई पनि नेकपा एमालेले लिने उद्घोष पनि उहाँले गर्नुभयो । पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित दुईतिहाई बहुमत प्राप्त गरेपछि आयोजना गरिएको विजय उत्सव समारोहमा बोल्दै एमाले अध्यक्ष ओलीले हेर्न लायकको पोखरा र गर्व गर्न लायकको पोखरा बनाउने एमालेको योजना रहेको पनि सुनाउनुभयो ।
उहाँले विजयी जनप्रतिनिधिहरुलाई भ्रष्टाचार नगर्न निर्देशन पनि दिनुभयो । एमाले विकासवादी पार्टी भएको, एमालेको एकमात्रै उद्देश्य देश बनाउने रहेको दाबी गदैं अध्यक्ष ओलीले विपक्षीहरुलाई पनि व्यङ्गयात्मक प्रहार गर्दै भन्नुभयो ‘एमालेले जितेको ठाउँमा विपक्षीले पनि अबिर जात्रा गरे हुन्छ । काम पनि गर्नुपरेन । विकास पनि हुन्छ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा