सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रवार आफ्ना उपराष्ट्रपतिका परिवारका सदस्यसहित २ सय ५८ जनालाई शुसोभित गरेकी छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नेकपा एमालेका तत्कालिन महासचिव एवम् आफ्ना पति मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न विभुषण प्रदान गरिन्। सो विभुषण भण्डारीका छोरी द्वय उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीले ग्रहण गरे। त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई जनसेवाश्री पदकले विभुषित गरिन्। पुनले आफ्नो फेसबुकमा सुशोभनका लागि उपस्थित हुन गृहमन्त्रालयले पठाएको पत्रसमेत राखेका छन्।
एक सचेत नागरिकको रुपमा राजनीतिक सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनेक्रममा मलाई #जनसेवा #श्री द्वारा संघिय लोकतान्त्रिक …
Posted by Dipesh Pun on Friday, May 26, 2017
विभुषण, तक्मा तथा पदक वितरणको स्पष्ट मापदण्ड नभएको नेपालमा आफू निकट व्यक्ति तथा परिवारका सदस्यलाई प्रदान गर्ने चलन लामो समयदेखिको हो। पञ्चायतदेखि प्रजातन्त्र कालसम्म राजपरिवारका सदस्यलाई प्राथमिकताका साथ विभिन्न विभुषण प्रदान गरिन्थ्यो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा