सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१२ जेठ, कोलम्बो – श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् । कालुतारा क्षेत्रमा शुक्रबार निकै ठुलो हावाहुरी र भीषण बर्षापछि पहिरो गएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता भएकाहरुलाई खोज्नका लागि घटनास्थलमा प्रहरी र उद्धारकर्ताहरु खटिएका छन् । दक्षिणी क्षेत्रको कालुतारा जिल्लाको कोस्बावाका र देल्पावाट्टामा पहिरो गएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि घटनास्थलमा हेलिकोप्टर पनि पठाइएको छ । घटनास्थलमा अहिले पनि पानीको मात्रा बढीरहेको र उद्धार कार्यमा कठिनाई भइरहेको उद्धारमा खटिएकाहरुले बताएका छन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा