सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १२, भक्तपुर – चाँगुनारायण नगरपालिका वडा नं ३ मा नेकपा एमालेको समूह विजयी भएको छ । सो वडाको अध्यक्षमा श्यामसुन्दर धिमाल, महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार, सदस्यहरुमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी भएका हुन्।
त्यसैगरी, नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार राजाराम खड्काले दुई हजार ६१९ र उपप्रमुखमा सरु बानियाँले तीन हजार ५७ मतले अग्रता कायम गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नगरप्रमुखमा सोम मिश्र दुई हजार ५२८ र उपप्रमुखमा बिना बास्तोलाले दुई हजार ५६४ मतले पछ्याइरहेका छन् । रासस
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा