सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार रन्जु दर्शनाले २० हजार मत कटाएकी छन् । शुक्रबार बिहान ८ बजेसम्म १ लाख ६६ हजार मतगणना भइसकेको छ र रन्जुले २० हजार ८२ मत ल्याएकी हुन् ।
विवेकशील पार्टीले २१ वर्षीया रन्जु दर्शनालाई काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको हो । स्टकोट चुनाव चिह्न लिएर निर्वाचनको मैदानमा उत्रिएकी उनी जारी मतगणनामा तेस्रो स्थानमा छिन् ।
पहिलो स्थान कायमै राखेका एमालेका विद्यासुन्दर शाक्यको मत ५४ हजार ५७९ छ । शाक्यलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार राजुराज शाक्यले ३८ हजार ५९१ मत पाएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा