सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सद्भावको सन्देश दिँदै काठमाडौंको तारकेश्वर नगरवासीले मधेसमूलकी उक महिलालाई जनप्रतिनिधि चुनेका छन् । यसले मधेस र पहाडीयाबीचको तिक्ततायुक्त होइन, सौहार्दपूर्ण सम्बन्ध छ भन्ने थप पुष्टि भएको छ ।
तारकेश्वर नगरपालिका–४ का मतदाताले मधेसीमूलकी महिला आशिया ठाकुर विश्वकर्मालाई सदस्यमा जिताएका हुन् । वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट दलित महिला सदस्य उम्मेद्वार बनेकी उनी ५८५ मतसहित विजयी भएकी हुन् ।
ठाकुर रौतहटको प्रेमपुरगाइनामा जन्मिएकी हुन् । रौतहटको औरैयाका नगेन्द्रप्रसाद विश्वकर्मासँग ११ वर्षकै उमेरमा विवाह भएपछि उनी काठमाडौं आएकी हुन् ।
विद्युत प्राधिकरणमा काम गर्ने श्रीमानसँगै काठमाडौं आएकी ठाकुर सुरूमा गृहीणी भएर बसिन् । डेरामा बसिरहन झिँजो लागेपछि उनले सिलाई बुनाई सिकिन र स्वेटर, टोपी पञ्जालगायतका सामान बनाउन थालिन् । आजको नागरिक दैनिकमा खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा