सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र सहमतिको सरकार बनाउन व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संक्रमणकालीन व्यवस्था अन्तर्गत संविधानको धारा २९८ को उपधारा २ अनुसार सहमतीय सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गर्नुभएको हो ।
त्यो मितिभित्र सहमति जुटन नसके बहुमतीय सरकार गठनका लागि पुनः आह्वान हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । नेपाली कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पदबाट राजीनामा दिनुभएको थियो । दुई दलबीच भएको भनिएको भद्र सहमतिअनुसार अब काँग्रेसको नेतृत्वमा सरकार गठन हुनेछ । राष्ट्रपतिले बुधबार नै राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नभएसम्म काम चलाउन दाहाललाई आग्रह गर्नुभएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा