सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ११, बर्दिया – जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि बर्दियामा सबैभन्दा पहिले नेकपा एमालेले नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखसहित वडाअध्यक्ष र सदस्य उम्मेद्वार टुंगो लगाएको छ । ६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको बर्दियामा नेकपा एमालेले उम्मेद्वार छनोट गरेको एमाले जिल्ला अध्यक्ष हरि ज्ञवालीले जानकारी दिनुभयो ।
नेकपा माओबादी केन्द्रले एकमात्र तहमा टुंगो लगाउन बाँकी रहेकाले बिहीवार बेलुकासम्म टुंगो लगाउने जनाएको छ । नेपाली कांग्रेसले अझैं २ वटा तहमा टुंगो लगाउन नसक्दा जेठ १४ गतेसम्म टुंगो लगाउने जिल्ला सभापति एवं सासंद सञ्जय गौतमले बताउनुभयो ।
कुन स्थानीय तहमा को उम्मेदवार ?
गुलरीया नगरपालिका
मेयर: हरी ज्ञवाली र उपमेयर: टिका सम्सेलीमगर
बाँसगढी नगरपालिका
मेयर: शालीकराम अधिकारी र उपमेयर: सुष्मा चौधरी
ठाकुरबाबा नगरपालिका
मेयर: घननारायण श्रेष्ठ र उपमेयर: बिना भट्टराई
मधुवन नगरपालिका
मेयर: दुर्गा बहादुर वली र उपमेयर: हिरा चौधरी
बारबर्दिया नगरपालिका
मेयर: रामबहादुर चौधरी र उपमेयर: पुष्पा वली
राजापुर नगरपालिका
मेयर: पहाडी थारु र उपमेयर: कृष्णी चौधरी
गेरुवा गाउँपालिका
अध्यक्ष: नुतन कुमार चौधरी र उपाध्यक्ष: मञ्जु शर्मा
बढैया गाउँपालिका
अध्यक्ष: लालबहादुर श्रेष्ठ र उपाध्यक्ष: दिपा गौतम
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा